टी-२०आई अलराउन्डर वरियता दीपेन्द्र पाँचौंमा झरे

२० जेठ, २०८३, बुधवार
सारांश
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा पाँचौं स्थानमा झरेका छन् ।

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा पाँचौं स्थानमा झरेका छन् ।

 

आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोबाट पाँचौं स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक भने २३९ नै यथावत् छ ।

 

हाल नेपाली पुरुष टोलीले सिंगापुरमा एसियन गेम्स छनोट खेलिरहेको छ । पहिलो खेलमा नेपालले चीनलाई पराजित गरेको थियो ।

 

उक्त खेलमा दीपेन्द्रले ब्याटिङ गर्ने पालो नै आएन । बलिङमा भने उनले १ विकेट लिएका थिए ।

 

अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन् । उनको रेटिङ अंक ३२८ यथावत् छ ।

भारतका हार्दिक पान्ड्या दोस्रोमै यथावत् रहेका छन् । उनको रेटिङ अंक २९९ नै छ । तेस्रो स्थानमा पाकिस्तानका सायम अयुब छन् ।

अजमतुल्लाह ओमरजाइ चौथोमा तथा वेस्ट इन्डिजका रस्टन चेज पाँचौंमा उक्लिएका छन् । दीपेन्द्रकै समान २३९ अंक चेजको पनि छ । दुवैजना पाँचौंमा छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार